ललितानिवास प्रकरण : निलम्बित न्यायाधीश गौतमसँग दुई लाख धरौटी माग

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा निलम्बनमा रहेका न्यायाधीश विनोदकुमार गौतमसँग दुई लाख रुपैयाँ धरौटी माग भएको छ । विशेष अदालतका न्यायाधीश बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले उनलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो । 

गौतमले धरौटी बुझाएको विशेष अदालतका प्रपक्ता पुष्पराज पाण्डेयले बताए । गौतम भौतिक पूर्वाधार मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहँदा प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्तावमा कानुनी राय दिएका थिए । प्रधानमन्त्रीनिवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो । 

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत गौतम मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए ।

सुझावित समाचार