प्रधानमन्त्री कार्यालयमा विरोधपत्र दर्ता नभएपछि हनुमानस्थानमा नाराबाजी (भिडियोसहित)

आइतबार, २५ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी ओलीलाई विरोध–पत्र लेखेको छ । अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र आइतबार बुझाउन चाहे पनि समय नदिएपछि ब्यानर बनाएर प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जाँदा पनि विरोधपत्र दर्ता नभएपछि अनेरास्ववियुले अनामनगर हनुमानस्थानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको वेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश–दौडाहामा विरोध प्रदर्शन गरिने तामाङले बताए । 

अनेरास्ववियुले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।
 

सुझावित समाचार