प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार शुभेच्छुक संस्थाहरूले देशभर एकसाथ विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले कालो मास्क लगाएका थिए । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीले काठमाडौंमा भएको विरोध प्रदर्शनको तस्बिर कैद गरेका छन् ।
















