टनकपुरबाट थप १५ मेगावाट बिजुली ल्याउन अनुमति

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

टनकपुरबाट थप १५ मेगावाट बिजुली ल्याउन सकिने भएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप बिजुली ल्याउन अनुमति दिएसँगै नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रबाट थप १५ मेगावाट बिजुली ल्याउन बाटो खुलेको हो । 

प्राधिकरणले हाल टनकपुरबाट ७० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । अब ८५ मेगावाट ल्याउन मिल्ने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले भारतबाट ६.२२ रुपैयाँ प्रतियुनिटमा बिजुली खरिद गर्ने गरेको छ ।

टनकपुरबाट आयात हुने बिजुलीलाई काठमाडौं र पूर्वतर्फ आपूर्तिको व्यवस्था मिलाउन सकिने प्राधिकरणले जनाएको छ ।

सुझावित समाचार