राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना पुष्टि

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभाका एक सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशनअघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो । 

कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । 

‘एकजना माननीय र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ,’ धमलाले भने ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ मा नै विघटन भइसकेको छ ।

सुझावित समाचार