सिटिजन्स बैंकले महिला उद्यमीलाई अनुदानमा कर्जा दिने

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघबीच अनुदानमा महिला उद्यमी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंकले १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने भएको हो । सम्झौताअनुसार यस प्रकारको कर्जा महिला उद्यमी महासंघको सिफारिसमा प्रदान गरिने जनाइएको छ ।

महिला उद्यमशीलताको विकासका लागि चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्झौताले महिला उद्यमीहरूको पहिचान गर्न बैंकले भोग्नुपरेको कठिनाइलाई पनि कम हुने जनाइएको छ । यस प्रकारको कर्जा देशभरका सबै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले  १०९ शाखा, ९८ एटिएम र १०४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार