प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयले संविधानको मर्म र जनभावनाविपरीत निर्णय नगर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र जनभावनाअनुसार संसद् पुनर्स्थापना हुने बताए ।
उनले प्रधानमन्त्रीको असंवैधानिक कमदविरुद्ध आफूहरू सडकमा आएको बताए । साथै उनले अन्य दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रचण्डले आफूहरूलाई निर्वाचन आयोगप्रति पनि भरोसा रहेको बताए । उनले संविधान, ऐन नियमको व्यवस्थाअनुसार पार्टीको नाम, चुनाव चिह्न, लोगो आयोगले आफूहरूलाई प्रदान गर्नेछ भन्नेमा पूरा विश्वास रहेको बताए ।