नेकपा ओली समूहको बैठकले बदर गर्‍याे प्रचण्डको कार्यकारी अधिकार (भिडियोसहित)

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीकाे बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उनको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको साे समूहका एक नेताले बताए । 

ओली समूहले बिहीबार नै संशाेधित विधान निर्वाचन आयोगमा दर्ता गरेको छ । साथै बैठकले सातवटै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारीसमेत तोकेको छ । 

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनलाई कू’ काे संज्ञा दिँदै  ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

सुझावित समाचार