ब्रिटेनको प्रसारण नियमनसम्बन्धी निकाय अफकमद्वारा भारतको रिपब्लिक टिभीलाई २० हजार पाउन्ड जरिवाना

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

ब्रिटेनको प्रसारण तथा सञ्चारसम्बन्धी नियामक निकाय अफिस अफ कम्युनिकेसन (अफकम) ले वर्ल्डडव्यू मिडिया नेटवर्क लिमिटेडमाथि उसको प्रसारण सेवा रिपब्लिक भारतले प्रसारणसम्बन्धी नियम उल्लंघन गरेकोमा २० हजार पाउन्ड जरिवाना गरेको छ । नेटवर्कअन्तर्गत गत वर्ष बेलायतमा पनि एक शाखा स्थापना भएको थियो । यहाँबाट हिन्दी भाषामा समाचार तथा समसामयिक विषय प्रसारण हुने गरेको छ । 

ब्रिटेनमा सो टिभीमार्फत ६ सेप्टेम्बरमा एक विचार विमर्श कार्यक्रम प्रसारण भएको थियो जसको सञ्चालन रिपब्लिक टिभीका प्रधानसम्पादक अर्णव गोस्वामीले गरेका थिए । यो कार्यक्रमम भारतमा २२ जुलाई २०१९ मै भएको थियो । कार्यक्रम भारतको चन्द्रयान–२ अन्तरिक्षयान अवतरण गर्नेसँग सम्बन्धित थियो । अफकमका अनुसार कार्यक्रम एकातर्फ भए पनि गोस्वामी र कार्यक्रममा सहभागीले भारत–पाकिस्तान सम्बन्ध, पाकिस्तानभन्दा भारत खोज अनुसन्धानमा अग्रिणी, कस्मिरमा जारी विवादमा पाकिस्तानको संलग्नताजस्ता विषय समेटिएका थिए । 

यसकारण रिपब्लिक टिभीले ब्रिटेनमा रहेका पाकिस्तानीप्रति अफवाह फैलाएको कारण अफकमद्वारा २० हजार पाउन्ड जरिवाना गरेको हो ।   

सुझावित समाचार