नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूह अर्थात् प्रचण्ड–नेपाल समूहको भेलामा तीन सय १५ जना केन्द्रीय सदस्यले सहभागिता जनाएको दाबी गरेका छन् ।
यस समूहको बबरमहलमा चलिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेकपाको यही नै आधिकारिक दल भएको दाबी पनि गरे ।
उनले बालुवाटारमा आज बिहान भएको ओली पक्षको केन्द्रीय समिति बैठकलाई गुटको भेला, समूहको भेला तथा चोइटिएको समूहको भेला भनी बताए ।
मूल पार्टी नेकपा आफ्नो नेतृत्वमा भइरहेको केन्द्रीय कमिटी बैठक भएको उनको भनाइ छ ।
कार्यकारी अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्री ओलीले जुन दिन संसद् विघटन गरे, त्यो दिन सरकारको विघटन भएको हो, संसद् विघटन भएको होइन किनकि कानुनविद्हरूले विघटन गर्न नमिल्ने बताइरहेका छन् । साथै संविधानमा पनि विघटनको प्रावधान छैन ।’