हुम्लादेखि नेपालन्जसम्मको हवाई भाडादर घट्यो

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगन्जसम्मको भाडादर घटाएको छ । 

यसअघि हुम्लादेखि नेपालगन्जसम्मको  ६ हजार पाँच सय ९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले  पाँच हजार तीन सय  कायम गरेको छ ।

नेपालगन्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।  

यसैगरी नेपालगन्जदेखि सिमकोटसम्म सात हजार नाै सय  भाडादर रहेको उनले जानकारी दिए ।  नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ । 
 

सुझावित समाचार