सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करिअर स्टेसन प्रालिबीच बैंकका ग्राहकलाई विदेशमा अध्ययनका लागि चाहिने विभिन्न प्रकारका परीक्षाको तयारी कक्षामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौंको बानेश्वरमा रहेको करियर स्टेसनले बैंकका ग्राहकलाई आइइएलटिएस, कुम्याट, टोफल, स्याट, पिटिई, जिम्याट, जिआरईका तयारी कक्षामा विशेष छुट दिने भएको हो ।
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले आप्mना परिवारका सदस्यले करियर स्टेसनमा सेवा लिँदा विशेष छुट पाउने जनाइएको छ ।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।