टेस्ट क्रिकेट : शृंखलाका दुवै खेल न्युजिल्यान्डले जित्यो

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुवै खेल न्युजिल्यान्डले जितेको छ । 
चौथो दिनको पहिलो सत्रमै न्युजिल्यान्डले वेस्टइन्डिजलाई पराजित गरेको हो । 

पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्टइन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो । ब्याटिङ र बलिङ दुवैमा सशक्त प्रदर्शन गरेको न्युजिल्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो ।

यो जितसँगै न्युजिल्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ । विश्व शृंखलामा न्युजिल्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् । 
पहिलो टेस्ट खेलमा पनि न्युजिल्यान्डले वेस्टइन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

न्युजिल्यान्डले घरेलु मैदानमा आगामी २६ डिसेम्बरदेखि पाकिस्तानविरुद्ध खेल्दै छ । 
 

सुझावित समाचार