लमजुङ प्रहरीद्वारा सेफ्टी पिन क्याम्पिन सञ्चालन

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक सवारीसाधन र सार्वजनिक स्थलमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध विशेष अभियान (सेफ्टी पिन क्याम्पिन २०७७) सञ्चालन गरेको छ । प्रहरीले  बिहीबारबाट जिल्लामा (सेफ्टी पिन क्यम्पिन २०७७) कार्यक्रम सार्वजनिक  गरेको हो ।

लमजुङका डिएसपी गंगाबहादुर थापाले सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहारलाई न्यूनीकरण गर्न,  यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण  निर्माण गर्न  देशभर अभियान सञ्चालन गरेको बताए ।  

उनले भने, ‘सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा यौनजन्य दुर्व्यवहारसम्बन्धी अपराधबारे आमनागरिकलाई सुसूचित गराइनेछ ।

सुझावित समाचार