काठमाडौं महानगरपालिकाले यसपटकको महानगर दिवसका अवसमा ‘मिर्गाैला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।
यस वर्षको महानगर दिवसका अवसरमा ‘मिर्गाैला बचाऊ अभियान’ घोषणा गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको महानगरले स्वास्थ्यका क्षेत्रमा यसअघि पनि थुप्रै कार्यक्रम गरेको उनको भनाइ थियो ।
रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर मिर्गाैला रोग लाग्नै नदिनका लागि के–कस्तो उपाय अपनाउनुपर्छ भन्नेजस्ता जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।