सिटिजन्स बैंकका ग्राहकहरूले द फर्न रेसिडेन्सीमा छुट पाउने

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले चितवनको द फर्न रेसिडेन्सी होटेलमा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाहक ग्राहकले होटेलमा सेवा लिँदा विशेष छुट पाउने जनाइएको छ । 

बैंकले देशभरमा १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइबाट सेवा दिइरहेको जनाएको छ । बैंकको सेवाबाट करिब साढे ६ लाख ग्राहकले आधुनिक बैंकिङ सेवा प्राप्त गर्दै आएको बैंकको दाबी छ ।

कोभिड–१९ को त्रासका बीच बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको  जनाएको छ । 

सुझावित समाचार