नक्कली चालक अनुमति पत्रसहित पक्राउ

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

प्रहरीले नक्कली चालक अनुमतिपत्रसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार आशिष गिरीलाई पक्राउ गरेको हो । 

सिन्धुपाल्चोक साँगाचोकगढी १२ घर भई ठिमी नपा ७ बस्ने उनीलाई नक्कली चालक अनुमतिपत्रसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनको साथबाट ३८ थान नक्कली चालक अनुमतिपत्र र विभिन्न बैंकका चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एक कारसमेत नियन्त्रणमा लिएको जनाएको छ । 

उनीमाथि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार