माछापुच्छ्रे बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी डिजिटल पे प्रणालीको सुरुवात गरेको छ । बैंकले यो सुविधा प्रदान गर्नका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार माछापुच्छ्रे  बैंकका व्यावसायिक ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङ एपमार्फत बैंकमा नगई जहाँबाट पनि आफैँले फन्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवाहरूको भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्ने जनाइएको छ ।

उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल–आइपिएसमा रियल टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबारहरू गर्न सकिने बैंकले जनाएको छ । 

सुझावित समाचार