अपांगता भएका व्यक्तिलाई स्थानीय सरकारको सम्मान

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

धनकुटाको छथर गाउँपालिकाले अपांगता भएका व्यक्तिलाइ सम्मान तथा पुरस्कार प्रदान गरेको छ । २९औँ अपांगता दिवसको अवसरमा गाउँपालिकाका सबै वडाबाट एक–एकजनालाई सम्मान गरिएको हो ।

गाउँपालिकाले वडा नं. १ र ५ बाट विद्यार्थी रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादुर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र शिरबहादुर काफ्ले  तथा वडा नं. ४ बाट व्यवसायी झप्टबहादुर लिम्बूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

उनीहरूलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र अपांग समन्वय समिति छथरका संयोजक तथा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । अपांगता भएका व्यक्तिको पुनस्र्थापनाका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष लिम्बूले बताए । 

सुझावित समाचार