सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष ०७६÷७७ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
बैंकले ७२ करोड ७१ लाख ८५ हजार रुपैयाँबराबरको बोनस सेयर २७ करोड २६ लाख ९४ हजार रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लेटफर्म जुममार्फत चौधौँ वार्षिक साधारणसभा सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंकले देशभरिमा १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।