विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसन शुक्रबार गठन भएको छ । कमिटीअन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहँदै आएको यस कमिसनले खेलकुदबारे विविध कार्यक्रम गर्ने एनओसीले जनाएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले संस्थाले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना गरे । ‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनुपर्छ,’ श्रेष्ठले भने, ‘आउने वर्षमा खेलकुदबारे जनचेतना बढाउन धेरैभन्दा धेरै कार्यक्रम हुनुपर्छ ।’
यसअघि पनि स्पोर्टस् अफ अल कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो । कमिसनले प्रत्येक वर्ष २३ जुनमा नेपालमा भव्यताका साथ ओलम्पिक डे आयोजना गर्दै आइरहेको छ । यस वर्ष कोभिड–१९ ले प्रभावित पारे पनि कमिसनले २३ जुनमा ओलम्पिक डे भव्य मनाएको थियो । नयाँ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।