एनएमबीलाई तेस्रोपटक बैंक अफ द इयर सम्मान

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

एनएमबी बैंकले २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकका रूपमा ‘दी बैंकर बैंक अफ दी इयर २०२०’बाट सम्मानित भएको छ । उक्त सम्मान बैंकले विगत ४ वर्षमा तेस्रोपटक प्राप्त गरेको हो । ‘दी बैंकर’ लण्डनबाट निस्किने  बेलायती पत्रिका हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकलाइ सेवा दिँदै आएको जनाएको छ । 

कर्जा लगानीलाई नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायमा वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकका रूपमा स्थापना गर्न सफल भएका कारण सम्मानीत भएको बैंकले जनाएको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको नेपालमा एक मात्र ‘क’ वर्गको सदस्य बाणिज्य बैंकका रूपमा रहेको बैंकले जनाएको छ ।

सुझावित समाचार