कांग्रेस नेता पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोधमा विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । गृहजिल्ला तनहुँमा बनेको नवनिर्मित पुलको उद्घाटन गर्न गएका पौडेलसहित नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि  तत्काल रिहाइको माग गर्दै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको हो । पक्राउ परेका पौडेलसहित सबैलाई प्रहरीले बुधबार साँझ रिहा गरिसकेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

हेरौँ फोटोफिचर


सुझावित समाचार