भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो, निको हुने दर ९४ प्रतिशत

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

सोमबार भारतमा गएकाे २४ घन्टाको अवधिमा थप ३८ हजार सात सय ७२ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको हो ।    

हाल भारतमा ९४ लाख ३१ हजार ६ सय ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार  ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल चार लाख ४६ हजार नाै सय ५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३औँ दिन हो ।

भारतमा संक्रमणबाट २४ घन्टामा थप ४४३ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार एक सय ३९ पुगेको छ।  
भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी सहर दिल्ली भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड तीन लाख ७९ हजार नमुना परीक्षण गरेको जनाएको छ ।  हिजो एकैदिनमा आठ लाख ७६ हजार एक सय ७३ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको समाचारमा जनाइएको छ ।
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा काेराेना संक्रमण निकाे हुने दर ९३.७१ प्रतिशत छ ।

सुझावित समाचार