इरानी वैज्ञानिकको हत्यापछि संयुक्त राष्ट्र संघद्वारा संयमता अपनाउन आग्रह

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

संयुक्त राष्ट्र संघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्र संघले सो आग्रह गरेको हो । 

ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुन सक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका छन् ।  

महासचिव गुटर्रेसका प्रवक्ता फराह हकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसिमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ ।

शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको हत्या भएको थियो । इरानको रक्षा मन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । 

सुझावित समाचार