भारतमा कोरोना संक्रमणबाट एकैदिन चार सय ८१ को निधन

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना संक्रमणबाट गएकाे २४ घन्टामा थप चार सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसहित भारतमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ ।

भारतमा विगत २४ घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल चार लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौँ दिन हो । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १३ करोड ४८ लाख ४१ हजार नमुना परीक्षण गरेको जनाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड– १९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए ।  

उनले भने, ‘सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरूसँग छलफल गरिरहेका छौँ । हामी विश्वका अरू नियामकहरू, सरकारहरू, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौँ । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौँ ।’ प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरिरहेका छन् । 

सुझावित समाचार