वरिष्ठ अधिवक्ताका लागि विवरण बुझाउन दिइएको समय थप गरिएको छ ।
सर्वोच्च अदालतले सूचना जारी गर्दै मंसिर महिनाभर वरिष्ठ अधिवक्ताका लागि विवरण पेस गर्न समय थपेको जनाएको हो ।
यसअघि ६ असोजदेखि ७ मंसिरसम्म विवरण बुझाउने समय दिइएको थियो ।
वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालयका सचिव प्रदीपकुमार उपाध्यायले सूचना निकालेर म्याद थपेको जानकारी दिएका हुन् ।