छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ पारेकाे छ : उपराष्ट्रपति

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सदभाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् । 
 
उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार–संस्कृतिले प्राकृतिक रूपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।’

विश्वव्यापी महामारी कोभिड– १९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उनले  सबैलाई आग्रह गरेका छन् । 

उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन् । 

See More On

सुझावित समाचार