पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मस्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भई उनको बिहीबार बिहान निधन भएको हो ।
पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हाे ।
मस्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । कला, साहित्य तथा सामाजिक विषयमा कलम चलाउँदै आएका ३१ वर्षीय पत्रकार गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।
गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।