हार सच्याउने लक्ष्यसहित प्रशिक्षणमा व्यस्त नेपाली फुटबल टोली

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण
हार सच्याउने लक्ष्यसहित प्रशिक्षणमा व्यस्त नेपाली फुटबल टोली

फाइल तस्वीर

नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेकाे छ ।

पहिलो खेलमा २–० गोलअन्तरले पराजित भएको नेपाली टोली दाेस्रो खेलमा जित्नैपर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो । 

नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । 

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए । 

पहिलो खेलमा भएका कमी–कमजोरीलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरू रहेको उनले बताए । 

कोभिडका कारण अभ्यास पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए । 

आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरूलाई सच्याउने पनि उनको भनाइ छ । 

खेलाडीहरू पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टिममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरूको भनाइ छ । 

शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

सुझावित समाचार