भारतमा कोरोना संक्रमितकाे संख्या ८३ लाख ६४ हजार नाघेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार दुई सय नौजना नयाँ संक्रमित थपिएका छन् भने ५५ हजार तीन सय ३१ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या पाँच लाख २७ हजार नाै ६२ रहेको छ । मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार आठ सय नाैजना संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितमध्ये एक लाख २४ हजार तीन सय १५ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो २४ घन्टामा थप सात सय चारजनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमुना परीक्षण गरिएको जनाएको छ । भारतमा कोरोना संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।