नबिललाई एडिबीको अवार्ड

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकका रूपमा मान्यता दिएको छ ।

एसियाली विकास बैंकको फाइनान्स प्रोग्राम व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरूलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने इकाइ हो ।

नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार