ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

दुर्घटना परेर दुईजना घाइते भएका छन् । गएराति गुल्मीदरबार गाउँपालिका– १ बलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु.४त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा १६ वर्षीय धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका– १ माझीगाउँका १५ वर्षीय लालबहादुर बुढामगर घाइते भएका छन् ।

घाइते दुईजनाको मजुवास्थित सारथि मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट २५ मिटर तल खसेको छ ।

सुझावित समाचार