भाउजू हत्या अभियोगमा २३ दिनपछि देवर पक्राउ

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

 भाउजूको हत्या अभियोगमा लमजुङ प्रहरीले  एकजनालाई  पक्राउ गरेको छ ।  घटनाको  २३ दिनपछि  क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने बुद्धिमाया विकलाई हत्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङका ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । 

प्रहरी थापाका अनुसार बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजू (बुद्धिमाया) लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए । 

बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्स्पेक्टर ओमप्रकाश पुनले जानकारी दिए । प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत भदौ २३ गते बिहान ७ बजे बुद्धिमाया आफ्नै घरमा  मृत भेटिएकी थिइन् ।

सुझावित समाचार