प्याजको जोहो : दसैँ आउनै लाग्यो मूल्य अकासियो, प्याज खोज्दै खाद्य संस्थान पुगे उपभोक्ता (फोटोफिचर)

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

बजारमा प्याजको मूल्य एकाएक अकासिएपछि सुलभ मूल्यमा प्याज खोज्दै सर्वसाधारण खाद्य संस्थान पुगेका छन् । 

संस्थानको थापाथलीस्थित कार्यालयमा प्याज लिन पुग्नेहरूको भिड ह्वात्तै बढेको छ । अन्य सामान किन्न आउनेभन्दा प्याज लिन आउने उपभोक्ता नै बढी देखिन्छन् । 

खाद्यले प्रतिकिलो ६० रुपैयाँमा प्याज उपलब्ध गराएको छ । जब कि बाहिर बजारमा प्रतिकिलो एक सय २० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म प्याज बिक्री भइरहेको छ ।

संस्थानमा एक व्यक्तिले बढीमा तीन किलो मात्र प्याज किन्न पाउने व्यवस्था गरिएको छ ।

सुझावित समाचार