सुनको मूल्य तोलामा १२ सय घट्यो

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय, बुधबार एक हजार दुई सय र बिहीबार एक हजार दुई सयले घटेको हाे । 

महासंघले छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार ६ सय तोकेको छ । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय कायम भएको थियो । राससका अनुसार बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले घटेर एक हजार एक सय २० तोकिएको छ । 

सुझावित समाचार