झापामा खोलाले बगाएर बालकको मृत्यु

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

झापामा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड– ७ का राजु मर्डीका दुई वर्षीय छोरा जीवन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी बुधबार राति ९ बजेबाट हराइरहेका थिए । बिहीबार बिहान घरनजिकैको रेखा खोलामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

लगातारको वर्षाका कारण बढेको खोलाले उनलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । 

सुझावित समाचार