ग्लोरी ५६० एसयुभी गाडीको बिक्री नेपालमा सुरु भएको छ ।
एक वर्ष अघिदेखि नेपालमा ग्लोरी ५८० बिक्री हुँदै आएकोमा नयाँ भर्सन ग्लोरी ५६० को पनि नेपालमा बिक्री सुरु भएको हो ।
इन्डोनेसियामा उत्पादित डिएसएफके ब्रान्डका गाडी नेपालमा कुजु नेपालले बिक्री गर्दै आएको छ ।
साथै इन्डोनेसियामा उत्पादित डिएसएफ ब्रान्डका गाडी नेपालमा बिक्री हुन थालेको एक वर्ष पूरा भएको छ ।
कोरोना संक्रमणका कारण केही ढिला बिक्री हुन थालेको ग्लोरस् ५६० ले छिट्टै ग्राहकको मन जित्ने कुजु नेपालले विश्वास लिएको छ ।
ग्राहकको रुचिअनुसार सरलता साथ गाडीको बिक्री उपलब्ध गराउने कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले बताए ।
ग्लोरी ५६० को लम्बाइ चार हजार पाँच सय १५ एमएम, चौडाए एक हजार आठ सय १५ एमएम र उचाइ एक हजार सात सय ३५ एमएम रहेको छ ।
यसमा २६९० एमएमको ह्विलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ किलो रहेको छ ।
ग्लोरी ५६० मा युरो ५ मापदण्डको इन्जिन जडान गरिएको छ ।
यसमा ६ स्पिड म्यानुयल गियरबक्स भने ५० लिटरको इन्धन ट्यांक उपलब्ध रहेको छ ।
यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ राखिएको छ ।