उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग सडकमा पर्ने लिम्बुनी पुलको काम दश प्रतिशत मात्र सम्पन्न

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

नेपाल–भारतको सिमाना विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने  तमोर नदीमाथिको पुल निर्माणको काम अहिलेसम्म दश प्रतिशत मात्र भएकाे छ । 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– १ निगुरादिन र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीमाथि निर्माणाधीन लिम्बुनी पुलको काम ५ भदौ ०७७ मा सकिइसक्नुपर्ने भए पनि अब निर्माणको काम दश प्रतिशत मात्र भएकाे उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालयका सूचना अधिकारी सञ्जीव गुप्ताले बताए । 

२२ कारोड रुपैयाँको लागतमा सपना याक्थुङवा जे.भी. कन्स्ट्रक्सनले ६ फागुन ०७४ मा  सम्झौता गरी काम सुरु गरेको थियो ।

एक सय दुई मिटर लम्बाइको याे पुल बनाउन ठेकेदार कम्पनीले सुस्तता गर्दा निर्माण सम्पन्न गर्न ढिलाइ भएको स्थानीयको आरोप छ । ठेकेदारले ताेकिएकाे समयमा सम्पन्न गर्ने गरी काम नगरेकाे स्थानीयहरुकाे भनाई छ ।  

विराटनगरको रानी भन्सारबाट धनकुटाको मूलघाट हुँदै तमोर नदीको किनारैकिनार निर्माण हुँदै गरेको सो सडकमा तमोर नदीमाथि उक्त लिम्बुनी पुल निर्माण हुन लागेको हो ।

सुझावित समाचार