पूर्वकप्तान पारस खड्का पूर्ण छात्रवृत्तिमा एमबिए पढ्दै

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा मास्टर अफ बिजनेस एड्मिनिष्ट्रेसन (एमबिए) अध्ययन सुरु गरेका छन् । खड्कालाई आगामी दुई वर्षका लागि एमबिए कार्यक्रममा एम्बासडरको रूपमा नियुक्त गरेको छ । कलेजले एमबिए अध्ययनका लागि खड्कालाई पूर्ण छात्रवृत्ति दिएको छ । 

कलेजका निर्देशक लक्ष्मण पोखरेलले विज्ञप्ति जारी गरी खड्का कलेजको एमबिए कार्यक्रममा सेप्टेम्बरबाट सुरु शैक्षिक सत्रदेखि अध्ययन गरिरहेको उल्लेख गरेका छन् । उनले शनिबार ब्रान्ड एम्बासडर भएको घोषणा गरी दुई वर्षका लागि अनुबन्धन गरेको उल्लेख गरेका छन् । 

फिनिक्सले नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत नाै वर्षदेखि जनशक्ति उत्पादन गरिरहेको छ । एमबिए अध्ययनले जीवनमा अझै सफलता प्राप्तिका लागि सहयोग पुग्ने पोखरेलको भनाइ छ । फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको छ ।

सुझावित समाचार