सल्यानमा सामुदायिक वनबाट आठ नाल भरुवा बन्दुक बरामद

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १०, भवटीस्थित सामुदायिक वनमा आठ नाल भरुवा बन्दुक भेटिएको छ।

मंगलबार दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा रहेको ओडारबाट सात नाल साबुत र एक नाल बेसाबुत भरुवा बन्दुक फेला पारेको हो।

बरामद गरिएका भरुवा बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी वनगाड सल्यानमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार