काठमाडौं/ जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नेतृत्व फेरिएको छ। एसपी काजीकुमार आचार्यको स्थानमा निरञ्जनदत्त भट्टलाई खटाइएको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आचार्यलाई कर्मचारी प्रशासन शाखाको प्रमुखको जिम्मेवारी दिएर त्यहाँ कार्यरत भट्टलाई सिन्धुपाल्चोक खटाएका हुन्।
त्यस्तै, उपत्यका प्रहरी कार्यालयमा खटिएका एसपी सुदीपराज पाठकलाई विशेष ब्युरोमा खटाइएको छ।
केही डिएसपीहरूको पनि काज सरुवा भएको छ । इप्रका दमकका हरि बस्नेतको सर्वाेच्च अदालत, अछामका पबिन्द्र बमको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा बहरथवाका गोपीकृष्ण सुवेदीको पोखरास्थित गणमा सरुवा भएको छ। त्यस्तै, केन्द्रीय लेखामा डिएसपी विश्वराज अधिकारी, तर्कराज पाण्डेलाई प्रबन्ध शाखामा खटाइएको छ।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएका सरुवा–बढुवाको कामलाई पनि अघि बढाउने तयारी गरेको छ।