नवनिर्वाचित सभापति गगन थापा आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय पुग्दै

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा पुग्ने भएका छन्। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्।

 

सुझावित समाचार