विद्यालय जाने क्रममा भिरबाट लडेर छात्राको मृत्यु

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

सल्यान । सल्यानमा विद्यालय जाने समयमा भिरबाट लडेर १४ वर्षीया छात्राको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका– २, दहखोलाकी १४ वर्षीया प्रमिला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्री जनता माध्यमिक विद्यालय गुराँसे जाने क्रममा दयाधुरीको भिरबाट झन्डै २५० मिटर तल खसेर गम्भीर घाइते वलीको उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार