काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन-पत्र दर्ताको समय पुनः एक घण्टा थप गरिएको छ।
सुरुमा अपराह्न ४ बजेसम्मका लागि तोकिएको समय दुई घण्टा थप गरेर बेलुकी ६ बजेसम्म पुर्याइएको थियो। सो समयमा वर्षा भएपछि निर्वाचन समितिले ७ बजेसम्मलाई मनोनयनको समय लम्ब्याएको हो।
वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भएकाले समय थपिएको निर्वाचन समितिले जनाएको छ।