काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिलेको संसद् खुला नभएको भन्दै संसदभित्र खुलामञ्च चाहिएको बताए। अहिलेको संसद् नियन्त्रित देखिँदै गएको भन्दै उनले यस्तो बताएका हुन्।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘संसदभित्र खुलामञ्च चाहिएको छ। अहिलेको संसद् खुला छैन, बन्द छ।’ प्रधानमन्त्रीका कारण संसद् बन्द भएको उनको भनाइ छ।