एभरेस्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले सेयरधनीहरूका लागि पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, प्रस्तावित बोनस सेयर जारी भएपश्चात् पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ।

आ.व. ०८३/८४ का लागि जिपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ।
 

सुझावित समाचार