सर्पको टोकाइबाट एकजनाको मृत्यु

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

बर्दियामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ।राजापुर नगरपालिका– ५, जयपुरका ७७ वर्षीय बेझु चौधरीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

मंगलबार राति करिब साढे १ बजे पिसाब फेर्न घरबाहिर निस्किएका चौधरीलाई गोमन सर्पले बायाँ खुट्टाको पैतालामा टोकेको थियो। सर्पले टोकेपछि गम्भीर भएका उनलाई उपचारका लागि बर्दिया अस्पताल, गुलरिया लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
 

See More On

सुझावित समाचार