चेतक फेस्टिभ फाइभ योजना

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

दुईपांग्रे सवारीसाधन निर्माता कम्पनी बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

दसैँदेखि छठसम्म लागू हुने यो योजना ग्राहकलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको हो ।

अभियानअन्तर्गत बजाज चेतकका जुनसुनै मोडेल खरिद गर्दा ग्राहकले एक लाखसम्म क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै, शून्य प्रतिशत ब्याजदरसमा किस्ताबन्दी सुविधा, पाँच वर्षको वारेन्टी, पाँच वर्ष किस्ताबन्दी भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पनि पाइने कम्पनीले जानकारी दिएको छ ।

See More On

सुझावित समाचार