गण्डकीमा सिटिजन्स बैंकको ‘एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु’ कार्यक्रम

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा ‘सेमिनार अन क्यापिटलाइजिङ अन टुरिजम बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु– गण्डकी प्रदेश ०८३/८४’ कार्यक्रम गरेको छ । प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा सहकर्मीबिच गरिएको सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो । 

कार्यक्रममा गत आवको कार्यप्रगति समीक्षा एवं चालू आवको बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकतामा छलफल भएको थियो । गण्डकीका आठ जिल्लामा यसका बैंकका १५ शाखा कार्यालय सञ्चालनमा छन् ।

सुझावित समाचार